भारतीय नागरीकलाई न्यूजिल्याण्ड प्रवेशमा रोक


न्यूजिल्याण्ड – न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीय नागरीकलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाएकी छन्।

भारतमा कोभिड–१९ संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो ।

न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबाट गएका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाएकी हुन् ।

यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुनेछ । एजेन्सी

प्रतिक्रिया