मन्त्री पद गुमाउँदै चार सांसद, सदनले गर्दैछ फैसला


काठमाडौं– नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार जना प्रतिनिधि सभा सदस्यलाई कारबाहीको सिफारिस भएसँगै उनीहरूको मन्त्री पद समेत गुम्ने भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पार्टी परित्याग गरेका कारण सांसद पद समेत खारेज गर्नका लागि भनेपछि उनीहरूको मन्त्री पद समेत गुम्ने भएको हो।

रायमाझी अर्घाखाँची, भट्ट कैलाली–४ साह रौतहट–३ र चौधरी कैलाली–३ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। प्रधानमन्त्री केपी ओली सरकारमा रायमाझी उर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रममन्त्री छन्।

नेपालको संविधान २०७२ अनुसार सांसद सदस्य पद नरहेका व्यक्ति सरकारको मन्त्री हुन पाउने छैनन्। विहीबारको प्रतिनिधि सभा बैठकमा संसद सचिवालयले उनीहरुको सांसद पद खारेज भएको सुनाएपछि मन्त्री पद पनि खुस्किनेछ।

प्रतिक्रिया