‘युके पठाइदिन्छु’ भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीका नाममा ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले धनुषाको जनकनन्दिनी गाउँपालिका–३ घर भई भक्तपुरको मध्यपुर थिमी–१ बस्ने ३१ वर्षीय राहुल पुन्जलाई पक्राउ गरेको हो।

पुन्जले पीडितलाई “युके पठाइदिन्छु” भन्दै लामो समयसम्म विभिन्न बहानामा रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको आरोप छ।

पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई काठमाडौं–११ बाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया