विध्वंसपछि पनि ओलीमा अहंकार कायम छ : माधवकुमार नेपाल


काठमाडौं- नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले विध्वंसपछि पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार कायम रहेको टिप्पणी गरेका छन्।

केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले भने, “२३ र २४ भदौको जेन–जी आन्दोलन ओलीको प्रवृत्तिकै कारण उत्पन्न भएको हो। उनले माग समयमा पूरा नगर्दा ठूलो क्षति भयो, तर पनि ओली अझै सुध्रिन नसकेको देखिन्छ। यो अहंकारले समाजमा निराशा फैलाएको छ र विध्वंसको परिस्थितिलाई निम्त्याएको छ।”

नेपालले थपे, “राष्ट्रिय राजनीति र व्यक्तिगत दृष्टिकोणका आधारमा मैले धेरै बुझेको छु। ०२९ सालदेखि ओलीसँग र ०४२ सालदेखि प्रचण्डसँग मेरो संगत छ। कुनै व्यक्तिगत बैरभाव छैन, तर ओली अझै ललकारीरहेका छन्। यस्ता व्यक्तिलाई सप्रिन सजिलो छैन।”

उनले कार्यकर्ताहरूसमक्ष जेनजी आन्दोलनले आफूहरूको विद्रोह र संवेदनशीलतालाई पुष्टि गरेको समेत दाबी गरे।

प्रतिक्रिया