आँबुखैरेनीमा इभी माइक्रो दुर्घटना, एक वृद्धाको मृत्यु


चितवन- चितवनबाट लमजुङतर्फ जाँदै गरेको एक इभी माइक्रो तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा दुर्घटना भएको छ। दुर्घटनामा चितवनकी एक वृद्धा महिलाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार रातिदेखिको वर्षाका कारण सडक चिप्लो बनेकाले बागमती प्रदेश ०३–००१ व ०९३७ नम्बरको इभी माइक्रो दुर्घटनामा परेको हो।

माइक्रोमा १४ जना सवार थिए। तीमध्ये गम्भीर घाइते ५५ वर्षीया बुझमाया तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चालक ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठलाई गम्भीर अवस्थामै चितवन मेडिकल कलेजमा थप उपचारका लागि लगिएको छ।

प्रतिक्रिया