मन्त्री भएकै भोलिपल्ट गृहप्रदेश जाँदै खेलकुदमन्त्री बब्लु, गृहमन्त्री र कानुनमन्त्री पनि सँगै जाने


काठमाडौं – नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा व्यवस्था अध्ययनका लागि आज मधेस प्रदेश जाँदैछन्।

गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिह्ना, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सोमबार मधेस जाने भएका हुन्।

गुप्ताले आइतबार मात्रै मन्त्री पदको सपथ लिएका हुन् । उनी मन्त्री बनेको भोलिपल्टै गृहप्रदेश जाने भएका हुन् ।

उनीहरूसँगै गृहमन्त्रालयका सचिव रामेश्वर दंगाल पनि मधेस जानेछन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनी सोमबार जनकपुर जानेछन्।

उनीहरू सोमबार र मंगलबार मधेसमै रहनेछन्। यसबीचमा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गर्नेछन्।

त्यस्तै त्यहाँ छठसम्बन्धी कार्यक्रममा पनि उनीहरू सहभागी हुनेछन्। सोमबार नै ऊर्जामन्त्री कुलमान घिसिङ भारत जाँदैछन्।

 

प्रतिक्रिया