
वैशाखी टेकेर सिंहदरबार पुगे घाइते जेन-जी
काठमाडौं- गत भदौ २३ र २४ मा भएको जेन-जी प्रदर्शनका क्रममा घाइते भएका युवाहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन्। वैशाखी टेकेर प्रधानमन्त्रीलाई भेट्न पुगेका ती युवाहरूले आफूहरूमाथि भएको घटनाबारे प्रत्यक्ष रूपमा कुरा राख्ने इच्छा व्यक्त गरेका छन्।
प्रधानमन्त्रीलाई भेटेर आफ्नो पक्ष बुझाउन र न्यायको माग गर्न उनीहरू सिंहदरबार पुगेका हुन्। घाइतेमध्ये कतिपयको शरीरमा अझै उपचार जारी छ।
प्रधानमन्त्रीसँग भेट गर्न पुगेको टोलीमा करिब २४ देखि २५ जना रहेका छन्। उनीहरूका अनुसार प्रदर्शनका क्रममा आफूहरूले सामना गर्नुपरेको परिस्थितिबारे सरकारसमक्ष प्रत्यक्ष रूपमा सुनाउने उद्देश्यले भेटको प्रयास गरिएको हो।



कागजपत्र |
