
एकैदिन ७ हजार १ सयले बढ्यो सुनको मूल्य, पुग्याे २ लाख ५८ हजार
काठमाडौं – सुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



कागजपत्र |
