
चार दिनदेखि आमरण अनशनमा बसेका मदन बुढाले तोडे अनशन
काठमाडौं- चार दिनदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेका सुदूरपश्चिमका युवा मदन बुढाले अनशन तोडेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्याल मंगलबार माइतीघर पुगेर उनलाई जुस खुवाई अनशन तोडाएका हुन् । मन्त्री अर्यालले असोज २३ गतेको घटनाको निष्पक्ष छानबिन हुने आश्वासन दिएका थिए ।
अनशन तोडेसँगै गृहमन्त्री अर्यालले सुदूरपश्चिमको प्रतिनिधित्व हुने गरी सरकारलाई अझ समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘मन्त्रीज्यूले सुदूरपश्चिमको प्रतिनिधित्वसहित समावेशी सरकार बन्नेमा ढुक्क हुन भन्नुभयो,’ बुढाका समर्थकहरूले बताएका छन् । ‘त्यस्तै असोज २३ गतेको नरसंहारप्रति निष्पक्ष छानबिन हुने निश्चित भएपछि मदनजीले अनशन तोड्नुभयो,’ उनीहरूले बताएका छन् ।



कागजपत्र |
