
हमासले दुई वर्षपछि रिहा गर्याे २० बन्धक
काठमाडौं- हमासले कुल २० बन्धकलाई पहिलो र दोस्रो चरणमा रिहा गरेको छ। सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरिएको ट्राफिक अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
हमासले उत्तरी गाजाबाट ७ जना र दक्षिणी गाजाबाट १३ जनालाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरेको हो।
पहिलो चरणमा रिहा भएका बन्धकमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ-दलाल समावेश छन्। यी बन्धकहरूलाई रेडक्रसले सुरक्षा र व्यवस्थापनका लागि जिम्मा लिएको थियो।
इजरायली सेनाले दोस्रो चरणमा रिहा भएका १३ जना बन्धकहरूलाई रेडक्रसबाट बुझेर सेनाको ब्यारेकमा लगिने जानकारी सार्वजनिक गरेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलको राजधानी तेल अभिभ पुगेका छन्। उनले केहीबेरमा इजरायली संसदलाई सम्बोधन गर्ने छन् भने बन्धकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि तय गरिएको छ।



कागजपत्र |
