

फ्रेन्च डिफेन्डर राफेललाई कोरोना संक्रमण, गुमाए च्याम्पियन्स लिग

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल अघि भरानलाई कोरोनाको संक्रमण देखिएको हो ।
रियलले डिफेन्डर भरानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
फ्रेन्च डिफेन्डर भरानले लिभरपुलसँगको च्याम्पियन्स लिगको खेल पनि गुमाएका छन् ।

