
त्रिभुवन विमानस्थलमा लायन एयरलाइन्सको जहाज ‘मिस अप्रोच’, लखनउ डाइभर्ट
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रहेको द लायन एयरलाइन्सको जहाज ओभरसुट (मिस अप्रोच) भएको छ। बैंकक–काठमाडौं उडानमा रहेको उक्त विमानले अवतरण अघि आवश्यक प्राविधिक तयारी पूरा नगरेका कारण यस्तो घटना भएको हो।
विमानस्थल कार्यालयका प्रवक्ता रेञ्जी शेर्पाका अनुसार यो ‘ओभरसुट’ नभई मिस अप्रोच हो। उनले भने, ‘अवतरणका लागि आवश्यक पर्ने जहाजको गति र उचाइ मिल्नुपर्छ। ती मानकहरू नपुगेका कारण जहाजले अवतरण नगरेको हो।’
त्रिभुवन विमानस्थलमा अवतरण प्रयास असफल भएपछि विमानलाई भारतको लखनउ विमानस्थलतर्फ डाइभर्ट गरिएको उनले जानकारी दिए।



कागजपत्र |
