किन परिवारसहित ह्याम्स अस्पताल पुगे पूर्वराजा ज्ञानेन्द्र ?


काठमाडाैं- पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नियमित स्वास्थ्य परीक्षण गराएका छन्। उनी परिवारसहित काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेका थिए।

अस्पताल स्रोतका अनुसार पूर्वराजा शाहको प्रोस्टेट बायोप्सी परीक्षण गरिएको हो। परीक्षणको रिपोर्ट पाँच दिनपछि आउनेछ।
‘उहाँ नियमित स्वास्थ्य परीक्षणका क्रममा प्रोस्टेट बायोप्सीका लागि आउनुभएको हो,’ अस्पतालका एक चिकित्सकले बताए।

प्रोस्टेट पुरुषहरूमा मात्र पाइने ग्रन्थी हो, जसलाई सामान्यतया पुरुष ग्रन्थी पनि भनिन्छ। यो पिसाब थैलीको तलतिर र मूत्रनलीको वरिपरि अवस्थित हुन्छ।

ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट बनेको प्रोस्टेट उमेर बढ्दै जाँदा अरू ग्रन्थीझैँ विस्तारै बढ्न थाल्छ। तर, यो अस्वाभाविक रूपमा बढेमा मूत्राशयमा समस्या देखिन सक्छ भन्ने चिकित्सकहरूको भनाइ छ।

शरीरमा रहेका टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोनको सन्तुलन बिग्रँदा पनि प्रोस्टेट ग्रन्थीमा असर पर्न सक्छ। उमेरसँगै टेस्टेस्टेरोन घट्दै र एस्ट्रोजेन बढ्दै जाँदा प्रोस्टेटका कोषहरू वृद्धि हुँदै जान्छन्, जसका कारण यो ग्रन्थी विस्तारै ठूलो बन्छ।

प्रतिक्रिया