युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडाैंले नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको हो ।

युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो ।

युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना जारी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ ।

 

प्रतिक्रिया