
तुइन खोलामा पहिरो पन्छाउन तीन–चार घण्टा लाग्ने
काठमाडौं- मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकै खसेको पहिरो पन्छाइँदै छ । यति बेला आवागमन दुईतर्फी बन्द रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो झर्ने क्रम जारी नै छ । दुई उपकरणबाट सावधानी अपनाई पहिरो पन्छाउने कार्य थालिएको छ ।
सडक सडिभिजनले पहिरो पन्छाउन करिब तीन–चार घण्टा समय लाग्ने बताएको छ ।



कागजपत्र |
