
नेवि संघ निकट महाधिवेशन तथा महासमिति सदस्यहरुबीच छलफल
काठमाडौं — नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ निकट महाधिवेशन तथा महासमिति सदस्यहरुको छलफल भएको छ।
पछिल्लो समयको पार्टीमा उत्पन्न भएको नियमित महाधिवेशन तथा बिशेष महाधिवेशन लाई लिएर बहस भैइरहेको अवस्थालाई मध्यनजर गर्द्दै पार्टीको आमुल परिवर्तन र रुपान्तरणका सन्दर्भमा नेवि संघका केन्द्रिय नेता र पार्टीका महासमिति महाधिबेशन प्रतिनिधिहरुका बीच आज राजधानीमा उपलब्धबीच छलफल भएको छ ।
नेपाली कांग्रेस भित्रको बृहतर एकता र सच्चिने प्रतिबद्दता सहित रुपान्तरण लगायत यस क्रममा पार्टीलाई पुन एक ढिक्का बलियो बनाउन र हाम्रो युवा पुस्ताको संगसंगै पार्टीको भबिष्यलाई समेत ध्यानमा राख्दै केही महत्वपुर्ण सैद्धान्तिक अबधारणाहरु सार्बजनिक गर्ने प्रारम्भिक चरणको छलफल भएको छ ।
छलफलमा यो पुस्ताले पार्टीको नितिगत तहमा आप्mनो भुमिकालाई कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने सम्बन्धमा सुझाब तथा प्रस्ताबहरु पेश गर्न अनुरोध समेत गरेको छ । त्यसैलाई छलफलमा लिएर सर्वसहमतिमा हाम्रा अबधारणाहरुलाई सार्बजनिक गरिनेछ ।
बैठकमा नेपाली कांग्रेसका महासमिति सदस्य प्रेमिका रानामगर, सृजना मल्ल, गिता ईन्द्रा गुरुङ, सन्जिब ढकाल, धर्मराज शाही, लक्ष्मी शिलवाल, पुजा फुयाल, मुकेश घिमिरे, करिना पुरी, मदन उपाध्याय , राज थेवे, लगायत उपस्थिति रहेको र पार्टीभित्र युवापुस्ताको समान समयसापेक्ष साझा धारणा तय गर्नका निम्ति थप अनुपस्थित रहेका साथीहरुसँग परामर्श गर्नेगरी आज सुरुवात छलफल गरिएको ने वि संघ केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य विनोद शाही ठकुरीले बताए ।



कागजपत्र |
