
तुइनखोलाको पहिरो हटाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु
चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा गएको पहिरो पूर्ण रूपमा हटाइएपछि सोमबार साँझ साढे पाँच बजेदेखि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको छ।
शुक्रबार साँझ पहिरो खस्दा अवरुद्ध भएको सडक आइतबार दिउँसो सवा चार बजेदेखि एकतर्फी मात्र सञ्चालनमा आएको थियो। तर, अझै जोखिम कायमै रहेकाले हिजो राति ९ बजेदेखि आज बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले आवागमन पूर्ण रूपमा रोक्का गरेको थियो।
बिहानदेखि एकतर्फी सवारी सञ्चालन हुँदै आएको सडकलाई दुवैतर्फ सुचारु गर्न आज दिउँसो १ बजेदेखि फेरि रोकेर पहिरो सफाइ कार्य सुरु गरिएको थियो। अपेक्षा अनुसार ३ बजेसम्म सकिने भनिएको काम ढिलाइ हुँदा साँझ साढे पाँच बजे मात्र पूरा भएको भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।



कागजपत्र |
