पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु


पाल्पा– पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। कुखुरा बोक्ने जिप सोमबार राती तानसेन नगरपालिका–७ काजिपौवामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर जिपका चालक पाल्पाको बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र पाल्पा रिब्दीकोट गाउँपालिका–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालप, पाल्पाका अनुसार लु २ च ६३२ नम्बरको जिप तानसेनतर्फ आउँदै गर्दा कच्ची सडकबाट करिब २० मिटर तल खसेको थियो।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया