
नवनियुक्त चार मन्त्रीको सपथ आज, स्वास्थ्यमा सिफारिस मिश्रा ‘होल्ड’
काठमाडौं — मन्त्रिपरिषद्मा सिफारिस भएकामध्ये चार जना मन्त्रीको सपथ आज हुँदैछ। आइतबार बसेको बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको थियो।
सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ। सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।
त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको छ। तर मिश्राको नाम होल्ड गर्न लगाइएको जनाएको छ।
मिश्रा स्वास्थ्य मन्त्रालयमा लामो अनुभव बोकेकी विशेषज्ञ हुन्। तर उनी भ्रष्टाचार मुद्दामा जोडिएको भन्दै विरोध भएपछि होल्ड गरिएको बालुवाटार स्रोतले जनाएको छ। प्रधाननम्त्री कार्कीले नै होल्ड गर्न लगाइएको बताइएको छ।
यसअघि प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रीमण्डल रहेको छ ।



कागजपत्र |
