
सीआईबी प्रमुखमा एआईजी केसी
काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो। उनले तत्कालीन समयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए।
उनले ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका थिए। उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो।



कागजपत्र |
