जेनजी आन्दोलनका ६ शहिदको शव सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइयो


काठमाडाैं- नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शव जिल्ला-जिल्लामा पुर्‍याइदिएको छ ।

सेनाले मंगलबार सैनिक हेलिकप्टरमार्फत उनीहरूको शव सुनसरी, उदयपुर, सिरहा, धनकुटा र संखुवासभा जिल्लामा पुर्‍याएको हो ।

‘जेनजी युवा पुस्ताद्वारा भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि भदौ ३१ गते नेपाली सेनाको हवाई साधनद्वारा सुनसरी, उदयपुर, सिरहा, धनकुटा र संखुवासभा जिल्लामा लगिएको छ,’ सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

टिचिङ अस्पतालमा पोस्टमार्टम सकिएपछि शव यात्रासँगै उनीहरूको शव दाहसंस्कारका लागि नेपाली सेनाको हेलिकप्टरबाट गृह जिल्ला पुर्‍याइएको हो ।

४ जनाको आजै पशुपतिमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया