देउवालाई छैटौँ पटक प्रधानमन्त्री नबन्न आग्रह गरेको विश्वप्रकाशको खुलासा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै संवैधानिक विवाद उठाएका छन्। उनले ‘डक्ट्रिन अफ नेसेसिटी’ लाई संविधानभित्रै समावेश गर्न सकिने सुझाव दिए पनि त्यसलाई बेवास्ता गरेर प्रधानमन्त्री नियुक्त भएकोप्रति असन्तुष्टि व्यक्त गरे।

शर्माले हालैको जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटप्रति कडा निन्दा गर्दै दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरे। उनले मृतकका परिवारलाई न्याय दिलाउन उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा जोड दिए।

उनले भ्रष्टाचार नियन्त्रणका लागि २०४६ सालयता उच्च पदमा पुगेका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने मागसमेत राखे। साथै, कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्री नबन्न आग्रह गरेको तर सहमत गराउन नसकेको भन्दै आत्मालोचना गरे।

शर्माले शीर्ष नेताहरूलाई संन्यास लिएर अभिभावक बन्नुपर्ने सुझाव दिँदै, अब राजनीतिक परिवर्तन मात्र नभई राजनीतिमा नै परिवर्तन आवश्यक भएको बताए।

प्रतिक्रिया