पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडाैं – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

शनिबार बिहान सातै प्रदेशका केही स्थानहरूमा पानी परिरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि बदली र वर्षाको अवस्था छ।

शनिबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया