जङ्गी अड्डामा अन्तरिम सरकारको विषयमा जेन-जीबीच विवाद, सेनाले भन्यो-भोलि बिहान आउनू


काठमाडौं- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् ।

प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा विवादमा उत्रिएका हुन् ।

सेनाको मुख्यालयको गेटमा जम्मा भएका युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद भएको हो ।

त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर भनाभनमा उत्रिएका हुन् ।

विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।

जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् ।  ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला । एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला’ माइकिङ गर्दै भनिएको छ ।

 

प्रतिक्रिया