जेनजीको आन्दोलनपछि तस्बिरमा यस्तो देखियो बुधबारको राजधानी (फोटोफिचर)


काठमाडौं – जेनजी प्रदर्शनको पहिलो दिन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदर्शनकारीमाथि गरेको दमनका कारण दोस्रो दिन मंगलबार राजधानीमा आगजनीका घटनाहरु भए । आगजनीका घटनामा कतिपय जेनजी भन्दा पनि घुसपैठ भएको पनि पुष्टि भइसकेको छ ।

सो क्रममा संसद् भवन, सिंहदरबारदेखि लिएर अदालतहरुमा आगजनी भएको थियो । उक्त आगजनीबाट राजधानीका अधिकांश प्रशासनिक निकाय, न्यायालय र व्यवस्थापिका संसद समेत ध्वस्तप्रायः बने ।

अधिकांश कार्यालय परिसरमा राखिएका सरकारी सवारी साधनहरु जलाईयो । अधिकांश राजनीतिक दलका नेताहरुको घरमा आगजनी गरियो । तेस्रो दिन अर्थात् बुधबार नेपाली सेनाले मुलुकको सुरक्षा व्यवस्था हातमा लिएको छ । यतिबेला जेनजी प्रतिनिधि र नेपाली सेनाको मुख्यालय जंगी अड्डाबीच छलफल भइरहेको जनाइएको छ । तर, अब के गर्ने र कसलाई नेतृत्वमा पठाउने भन्ने बारेमा निष्कर्ष निस्किसकेको छैन ।

प्रदर्शनकारीहरुले अहिले पछिल्लो समय नेपाली सेनाको प्रत्यक्ष उपस्थितिमा कतिपय स्थानमा सरसफाई गर्न सुरु गरेका छन् ।

तस्बिरहरुः

प्रतिक्रिया