
सर्वोच्च अदालतमा आगो लगाउने माओवादी नेता भएको पुष्टी (भिडियोसहित)
जेनजीको प्रदर्शनमा कानुन व्यवसायी समेत रहेका अनेरास्ववियु क्रान्तिकारीका नेता एवं ल क्याम्पसकै पूर्वस्ववियु सभापति विष्णु ढुंगेल !
काठमाडौं — जेनजी प्रदर्शनको दोस्रो दिन भएको विध्वंसकारी आगजनीमा माओवादी केन्द्रको घुसपैठ भएको पुष्टी भएको छ ।
सामाजिक सञ्जालमा सर्वत्र फैलिइरहेको भिडियो सामाग्रीमा ‘सर्वोच्च अदालत हो यसपछि हाम्रो अट्याक’ भन्ने व्यक्ति नेपाल ल क्याम्पसमा माओवादी क्रान्तिकारीबाट स्वतन्त्र विद्यार्थी युनियन सभापति समेत बनेका विष्णु ढुंगेल रहेको खुलेपछि जेनजीको प्रदर्शनमा घुसपैठ भएको पुष्टी भएको हो ।
उनले भिडियोमा ‘सर्वोच्च अदालतका भ्रष्टाचारीहरुलाई अब छोड्नु हुन्न, सर्वोच्च अदालत हो अब यसपछि हाम्रो अट्याक’ भनेर भनेका छन् ।
भिडियोः
भिडियो स्रोतः सामाजिक सञ्जाल
भिडियो भाइरल भइसकेपछि अहिले ढुंंगेलले सामाजिक सञ्जालमा स्पष्टीकरण दिँदै भिडियोको सत्यता नरहेको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,
सुनियोजित रुपमा
आन्दोलनको भावलाई गलत तरिकाले ब्याख्या गर्न र दिगभ्रमित गर्न भिडियोको टुक्रा बनाई गलत तरिकाले ल्याएको हो यसमा सत्यता छैन ।।
मैले अदालतको भ्रष्टाचार अन्त्य हुनु पर्छ भन्ने भाव व्यक्त गरेको हो जलाउनु पर्छ भनेर कतै भनेको छैन बततबअप भन्ने शव्द ल्याएर गलत ब्याख्या गरिदै छ। सबैले मर्म बुझौ। म यो भिडियो तोडमोड गर्ने विरुद्ध कानुनी उपचार खोज्ने नै छु सबैले साथ दिनु होला।।
तर उनले आगो लगाइरहेको ठाउँमा गएर आक्रोशित रुपमा ‘सर्वोच्चका भ्रष्टाचारीहरुलाई छोड्नु हुन्न, अब सर्वोच्च अदालतमा अट्याक’ गर्नुपर्छ भनेको भने आफ्नै स्टाटसमा स्वीकार गरेका छन् ।
ढुंगेल २०७९ सालमा ल क्याम्पसबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए भने उनी माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता रहेको खुलेको छ । उनले क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनमा उपत्यका विशेष प्रदेशबाट केन्द्रीय उपमहासचिवका उम्मेदवार समेत बनेका थिए ।
यसबाट जेनजीका नामबाट राजनीतिक दलका कार्यकर्ताहरुले नै नाजायज फाइदा लिन खोजेको पुष्टी भएको छ ।



कागजपत्र |
