
ओलीको गृहनगरमा जेनजीको हुंकार: नगरपालिकामै कब्जा, दर्जन गाडी–मोटरसाइकल जलाइयो
झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा भ्रष्टाचारविरुद्धको आन्दोलन उग्र रुप लिँदै गएको छ । आन्दोलित जेन-जीले सोमबार दमक नगरपालिकाको कार्यालय नै कब्जा गरेका छन् ।
उग्र आन्दोलनलाई नियन्त्रणमा लिन प्रारम्भिक चरणमा प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर ठूलो भिडलाई रोक्न नसकेपछि प्रहरी पछि हट्न बाध्य भएको हो । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन्, उनको दमक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी पछिसकेको फाइदा उठाउँदै प्रदर्शनकारीहरूले नगरपालिकामा रहेका करिब एक दर्जन सवारीसाधन–गाडी तथा मोटरसाइकल जलाइदिएका छन् । पछिल्लो समय सम्पूर्ण नगरपालिका प्रदर्शनकारीको कब्जामा पुगेको छ ।
भ्रष्टाचारविरुद्ध देशभर सोमबार जेनजी पुस्ताले आन्दोलित भइरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध कडा नाराबाजी गरेका छन् ।



कागजपत्र |
