
प्रहरीको गोली लागेर एकजना जेन-जी प्रदर्शनकारीको मृत्यु
काठमाडौं- राजधानीको नयाँबानेश्वर क्षेत्रमा भएको जेनजी प्रदर्शन क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीसँगको झडपमा गोली लागेका ती प्रदर्शनकारीलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले पुष्टि गरेका छन्।
रेग्मीका अनुसार प्रदर्शनमा संलग्न ८० जना घाइते हाल सिभिल अस्पतालमा उपचाररत छन्। मृतकको सनाखत भने खुल्न बाँकी रहेको उनले जानकारी दिए।
नयाँबानेश्वर क्षेत्रमा आज दिउँसो सरकारविरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनापछि अवस्था थप तनावग्रस्त बनेको छ।



कागजपत्र |
