
जेन-जीकाे प्रदर्शन चर्किएपछि बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश
काठमाडौं- जेन-जी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म लागू हुनेगरी बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्र समेत प्रवेश गरेपछि अवस्था थप जटिल बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन बाध्य भई कर्फ्यु आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।



कागजपत्र |
