नेपाल र बंगलादेशबीचको पहिलो खेल गोलरहित बराबरीमा


काठमाडौं – बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले गोलरहित बराबरी खेलेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले आक्रामक प्रयास गरे पनि गोलको अवसर सदुपयोग गर्न नसकेका हुन् ।

करिब दुई वर्षपछि दशरथ रंगशालामा पुरुष अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना भएको हो ।

नेपालले यसअघि सन् २०२३ को नोभेम्बरमा दशरथ रंगशालामै यमनविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

मैत्रीपूर्ण सिरिजअन्तर्गत अब नेपालले बंगलादेशविरुद्ध दोस्रो खेल मंगलबार बेलुका ५ः३० बजे दशरथ रंगशालामै खेल्नेछ ।

 

प्रतिक्रिया