भारतमा कोरोना त्रास : एकै दिन लाख बढी संक्रमित


नयाँदिल्ली – भारतमा पछिल्लो केहि दिनयता कोरोना भाइरस संक्रमणले ‘भयावह’ रुप लिंदै गएको छ । भारतमा लामो समयपछि एकै दिन एक लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ लाख ९३ हजार ७४९ स्वाब नमुना परीक्षण गर्दा एक लाख ३ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।

गत २४ घण्टामा ४७८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमित मृतकको संख्या १ लाख ६५ हजार १०१ पुगेको छ । यसैगरी गत २४ घण्टामा निको हुनेको संख्या ५२ हजार ८४७ रहेको छ । हालसम्म भारतमा १ करोड १६ लाख ८२ हजार १३६ जना कोरोनामुक्त भइसकेका छन् ।

हाल ७ लाख ४१ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय भारतलगायत अधिकांश मुलुकमा कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । भारतमा हालसम्म ७ करोड ९१ लाख ५ हजार १६३ जनाले खोप लगाइसकेका छन् ।

तैपनि कोरोनाको नयाँ प्रकार तथा लापरबाहीका कारण संक्रमण पुनः तीव्र बनेको अधिकारीहरूले बताएका छन् । संक्रमण तीव्र फैलिएपछि महाराष्ट्र प्रान्तले कर्फ्यूसहित लकडाउनको घोषणा गरेको छ ।

प्रतिक्रिया