दिल्लीबाट उडेको एयर इन्डियाको विमानमा आगोको झिल्को, आपतकालीन अवतरण


दिल्ली–इन्दौर गइरहेको एयर इन्डियाको विमान आकस्मिक अवतरण गर्नुपरेको छ। आइतबार बिहान इन्दौरतर्फ उडेको एयर इन्डियाको AI2913 उडान केही मिनेटमै इन्जिनमा आगलागीको संकेत देखिएपछि दिल्ली फर्काइएको हो।

विमान उड्नेबित्तिकै पाइलटले दायाँ इन्जिनमा आगोको झिल्को देखेपछि तत्काल आपतकालीन अवतरणको निर्णय गरेका थिए। सो विमानमा ९० जना यात्रु सवार थिए।

एयर इन्डियाका प्रवक्ताका अनुसार उक्त विमानलाई जाँचका लागि ग्राउन्डेड गरिएको छ। यात्रुहरूलाई इन्दौर लैजान वैकल्पिक उडानको व्यवस्था गरिएको छ।

कम्पनीले घटनाबारे नियामक निकायलाई जानकारी गराइसकेको छ। साथै यात्रुहरूलाई परेको असुविधाप्रति एयर इन्डियाले माफी मागेको छ।

प्रतिक्रिया