अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी


काठमाडौं- आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलान गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।

उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको हो ।

महासङ्घको अगुवाइमा पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत नेपाल सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनियत पूर्ण ढङ्गबाट कटौती गरेको भन्दै विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया