लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मुसलमानको निधन


रुपन्देही — लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।

आज विहान मुसलमानको निवासमा मृत्यु भएको उनको सचिवालयले जानकारी दियो ।

७१ वर्षीय मुसलमानकाे हृदयघातका कारण मृत्यु भएको आशङ्का गरिएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया