कैलालीमा पाँच किलोभन्दा धेरै चरेशसहित होटल सञ्चालक पक्राउ


कैलाली – धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट एक होटल सञ्चालक पाँच किलो भन्दा धेरै चरेशसहित पक्राउ परेका छन् ।

पाँच किलो छ सय ९० ग्राम चरेशसहित बझाङको बुङ्गल नगरपालिका–८ घर भइ धनगढी–२ मा होटल सञ्चालन गर्दै आएका राम बोहरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

होटलमा शङ्का लागि चेक गर्दा चरेश फेला परेको र पक्राउ परेका बोहरालाई आवश्यक कारबाहीको प्रकृया थालिएको उनले जानकारी दिए ।

प्रतिक्रिया