
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
काठमाडौं – प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल प्रहरीको साइबर ब्युरोले नियन्त्रणमा लिएको छ। बझाङकी एक महिलाले हुलाकमार्फत् जाहेरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौँले गत साउन ९ गते पक्राउ पुर्जी जारी गरेको थियो।
साइबर ब्युरोमा बुधबार उपस्थित भएका महरलाई हाल म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।
महर अनेरास्ववियुको अध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्य बनेका थिए। उनी २०७९ सालको संघीय निर्वाचनमा संघीय सांसदको उम्मेदवार बनेका थिए तर नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीसँग पराजित भएका थिए।



कागजपत्र |
