
उखु अनुदान आधा घटाएपछि कृषक आन्दोलित, चक्का जामको चेतावनी
काठमाडौं – सरकारले उखु कृषकलाई प्रतिक्विन्टल ७० रुपैयाँको सट्टा ३५ रुपैयाँ मात्र अनुदान दिने निर्णय गरेपछि किसानहरू असन्तुष्ट भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको भए पनि चालु वर्षको बजेटमार्फत यसलाई आधा घटाइएको हो।
नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरेन्द्र सिंह विष्टले भने, “माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाइनेछ। पूर्वदेखि पश्चिमसम्म ११ जिल्लामा चक्का जामसहितका कार्यक्रम हुँदै किसानहरूले आवाज उठाउने छन्।”
अर्थ मन्त्रालयले मंगलबार ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ निकासा गरेको भए पनि किसानहरू आफ्नो मागमा अडिग छन् र ७० रुपैयाँको दर कायम गर्न दबाब दिइरहेका छन्।



कागजपत्र |
