रौतहटमा छुरा प्रहार गरी २२ वर्षीय युवकको हत्या


रौतहट- रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । यमुनामाई गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियाको छुरा प्रहार गरी हत्या भएको हो । बुधबार दिउँसो साढे २ बजे गौर नगरपालिका– ५ गौरीशंकर कलेजअगाडि विवाद हुँदा मियामाथि छुरा प्रहार गरिएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका मियाको प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

घटनास्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका–३ का मनोज राम रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया