नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट छिट्टै अन्त्य हुनेः प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट छिट्टै अन्त्य हुन लागेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

उनले नौबिसे नागढुङ्गा सुरुङमार्ग निर्माणको काम हालसम्म ९३ प्रतिशत सम्पन्न भएको बताए । नौबिसे नागढुङ्गा सुरुङमार्गलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने उनको विश्वास छ ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ।’

यसअघि मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरिसकेको छ ।

प्रतिक्रिया