
नेपालगञ्जमा प्रहरी–लागुऔषध व्यापारीबीच झडप, एक प्रहरी घाइते
बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली प्रहार गर्दै लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडिया थानाका २० वर्षीय अजयकुमार र २० वर्षीय कार्त्तिककुमार छन्।
लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्न खोज्दा ती व्यक्तिहरूले प्रहरीमाथि इँटा प्रहार गरेका थिए। घटनामा एक प्रहरी घाइते भए।
प्रतिकारका क्रममा प्रहरीले गोली चलाउँदा कार्त्तिककुमारको दायाँ खुट्टामा चोट लाग्यो। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले उनीहरूको साथबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।



कागजपत्र |
