
झापाका माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर
काठमाडौं- नेकपा माओवादी केन्द्र झापाका नेता रेवतराज पुरी भनिने गगन पुरीसहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ।
सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा पुरीसहितका आरोपितहरूलाई दोषी ठहर गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार फैसला सुनाएको हो।
यो प्रकरण झापाको दमक नगरपालिका–१३ र १४ स्थित रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फको सार्वजनिक जग्गासँग सम्बन्धित छ। नामसारीमा संलग्न नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियासमेत मुद्दामा तानिएका थिए।
फैसला अनुसार अन्य आरोपितहरूको जग्गा समेत जफत हुने भएको छ।
यसअघि विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पनि दोषी ठहर गरिसकेको थियो।



कागजपत्र |
