कोरोना कारण भारतमा अक्सिजन अभाव, महाराष्ट्रमा अस्पतालका बेड पाउन समस्या


महाराष्ट्र । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक मात्रामा बढ्दै जान थालेको भारतमा अस्पतालमा प्रयोग हुने सिलिन्डरको अक्सिजन अभाव हुन थालेको छ । पछिल्ला दिनमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ ।

भारतको महाराष्ट्रमा मात्र शनिार ४९ हजार ४ सय ४७ जना नयाँ संक्रमित थपिए पछि अस्पतालमा आईसीयू बेडका साथै अक्सिजनका सिलिण्डरहरुको अभाव भएको हो ।

शनिबार मात्र महाराष्ट्रमा २ सय ७७ जनाको मृत्यु भएको छ । हालसम्म उक्त प्रदेशमा ४ लाख १ हजा र१ सय ७२ जना सक्रिय कोरोना संक्रमितको संख्या रहेका छन् । संक्रमित बढेसँगै अहिले महाराष्ट्रका विभिन्न अस्पतालहरुमा ७५० मेट्रिकटन अक्सिजनको माग भइरहेको छ ।

पछिल्लो २४ घन्टामा मात्र भारतमा ९२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ५ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा १ करोड २४ लाख ८४ हजार १ सय २७ जना संक्रमित देखिएका छन् भने १ लाख ६४ हजार ६ सय ५५  जनाको मृत्यु भइसकेको छ ।

हालसम्म भारतमा कोरोना संक्रमण मुक्त हुनेको संख्या  १ करोड १६ लाख २७ हजार १ सय २२ रहेको छ ।

प्रतिक्रिया