राप्रपा युवा संगठन अधिवेशन : राणा पक्षले गरे विजयी भएकाे घोषणा


काठमाडौं – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँ जिल्ला कार्यसमितिको अधिवेशन बुधबार धुम्बाराहीस्थित एसआर ब्याङ्क्वेटमा सुरु हुनुअघि नै अव्यवस्थित बनेको छ।

कार्यक्रममा कार्यकर्ताबीच चर्काचर्की र नाराबाजी भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका छन्।

तर, कार्यक्रममा अर्का पक्ष, राप्रपा वरिष्ठ नेता धवल शम्शेर राणाको समर्थनमा रहेको समूहले अधिवेशन सम्पन्न भइसकेको दाबी गर्दै आफूहरू विजयी भएको सार्वजनिक गरेको छ।

उनीहरूले हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र जारी गर्दै अधिवेशन विधानविपरीत, एकपक्षीय र अलोकतान्त्रिक तरिकाले गरिन खोजिएको आरोप लगाएका छन्।

प्रतिक्रिया