
एएफसी यू–२० महिला एसियन कपः सुक्रियाको गोलमा साउदीविरुद्ध नेपाल विजयी
काठमाडौं — एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।
भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १—० गोल अन्तरले पराजित गर्यो ।
नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् ।
खेलमा नेपालले पेनाल्टी पाए पनि मीना देउवाको पेनाल्टी पोलमा ठोक्किएर फर्किएपछि खेलमा अग्रता लिन सकेको थिए ।
९० मिनेटमा गोल गरिसकेपछि थपिएको ३ मिनेटमा कुनै गोल नभएपछि नेपाल विजयी भएको हो ।
यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।



कागजपत्र |
