पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट हुँदा सेनाका मेजरसहित तीन जनाको मृत्यु


पाकिस्तान- पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा गएराति भएको बम विस्फोटमा सेनाका मेजरसहित तीन जना सुरक्षाकर्मीको ज्यान गएको छ । कुर्दगाप तहसीलको काली पासन्द खान नजिक बम विस्फोट भएको बीबीसीले जनाएको छ ।

हतियारधारी व्यक्तिहरूले विस्फोटक पदार्थ राखेका र सुरक्षा बलका गाडीहरू त्यहाँबाट गइरहेका बेला विस्फोट भएको एक वरिष्ठ प्रशासनिक अधिकारीले बीबीसी उर्दूसँग भन्नुभयो । सेनाको एउटा गाडी विस्फोट हुँदा अन्य तीन जना घाइते भएका खबरमा उल्लेख छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा ‘आईएसपीआर’ ले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान सार्वजनिक गरेको छैन । यस आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ ।

प्रतिक्रिया