कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५ हजार बढीलाई अवसर


काठमाडौं- कोरियन रोजगारका लागि आवश्यक भाषा परीक्षामा सहभागी हुन इच्छुक नेपालीका लागि आवेदन खुला गरिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो।

शाखाका अनुसार यसपटकको परीक्षाबाट अनुमानित ५ हजार ३ सय जनाले उत्तीर्ण हुने अपेक्षा गरिएको छ। तीमध्ये ३ हजार ५ सय जना उत्पादनमूलक क्षेत्रमा र १ हजार ८ सय जना कृषि तथा पशुपालन क्षेत्रमा छनोट गरिनेछ।

ईपीएस शाखाले आवश्यकता अनुसार यो संख्या केही घटबढ हुन सक्ने जनाएको छ।

भाषा परीक्षा पास गरेपछि मात्रै कोरियामा रोजगारीका लागि आवेदन प्रक्रिया अगाडि बढ्ने भएकाले इच्छुक युवाले समयमै आवेदन दिन शाखाले आग्रह गरेको छ।

 

प्रतिक्रिया