रुकुम पश्‍चिमको भेरी करिडोर अवरुद्ध


सुर्खेत- रुकुम पश्‍चिमको जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गतको भेरी करिडोर अवरुद्ध भएको छ ।

रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका-६ रिजिगार खोला जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत भेरी करिडोर अवरुद्ध भएको हो ।

शुक्रबार बिहान रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्णरुपमा अवरोध भएको र वर्षातपछि मात्र सडक सञ्चालन हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया