भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई राष्ट्रको भ्रमणको दोस्रो चरणमा शुक्रबार माल्दिभ्स पुगेका छन् । उनको आगमनमा राष्ट्रपति मुइज्जुले स्वागत गरेका छन् ।

दुई नेताले एकअर्कालाई आलिङ्गन गर्दै अभिवादन गरेको देखिएको थियो । यस अवसरमा माल्दिभ्सका विदेशमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र गृह सुरक्षा मन्त्री पनि उपस्थित थिए ।

टापु राष्ट्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको दुई दिने राज्य भ्रमणका लागि स्वागत गर्न तयार हुँदा माल्दिभ्सको राजधानी मालेले शुक्रबार ठूलो पोस्टर, रङ्गीन ब्यानर र भारतीय झण्डा फहराउँदै उत्सवका रूप धारण गरेको थियो ।

‘प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यानो अभिवादन’ सन्देश भएका पोस्टरहरू सहरभरि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया