
राष्ट्रपति पाैडेल भेट्न शितलनिवास पुगे सभामुख घिमिरे
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे शीतल निवास पुगेका हुन् ।
भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको बतायउको छ ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेकोसमेत बताएका थिए ।
यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी विधेयक सुझावसहित बिहीबार प्रतिनिधि सभामा फिर्ता गरेका थिए ।



कागजपत्र |
