
डडेल्धुरामा हँसिया हानेर श्रीमतीको हत्या
डडेल्धुरा- डडेल्धुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुल पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टका अनुसार बिहीबार राति करनले ४० वर्षीया श्रीमती खिमादेवी भुलको घाँटीमा हँसिया प्रहार गरी हत्या गरेका छन् ।
हत्यापछि फरार रहेका भुललाई गन्यापधुरा–३ गोयलखेतबाट पक्राउ गरिएको बिष्टले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले बताए ।



कागजपत्र |
